काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान गेको छ। आज देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
भारतीय क्षेत्रमा रहेको मनसुनी न्यून चापिय क्षेत्र नेपालको तराई हुँदै माथिल्लो क्षेत्रमा सर्ने क्रममा देखिएको छ । ‘केही कमजोर रहेको मनसुनी गतिविधि सक्रिय हुने क्रममा छ । अहिले पूर्व र पश्चिमको तराई क्षेत्रमा वर्षा भइरहेको छ ।
प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक,दुई स्थान र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।




प्रतिक्रिया