काठमाण्डु- मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाको जीतपुरमा नयाँ शाखा विस्तार गरेको छ ।
बैंकले प्रदेश नम्बर २ अन्तरगत बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर- ७ मा नयाँ शाखा विस्तार गरेको हो । योसहित मेगा बैंकले हालसम्म १ सय ८५ औं शाखा विस्तार गरेको छ ।
बैंकले केही दिन अघि ६ वटा नयाँ शाखा विस्तार गरेको थियो । मेगा बैंकले निकट भविष्यमै थप ९ वटा शाखा विस्तार गर्ने तयारी गरेको छ ।




प्रतिक्रिया