सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी

सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मेलम्ची खानेपानी आयोजनाको पानी काठमाण्डुकाे सुन्दरीजल आइपुगेकाे छ । आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङहुँदै आज शनिबार काठमाण्डुस्थित सुन्दरीजलमा आइपुगेकाे हो । गत फागुन १० गते मेलम्चीको बाँधस्थलबाट सुरुङमा परिक्षणका लागि पानी पठाइएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार साँझ सुन्दरीजलमा आइपुगेको पानी संकलन तथा प्रशोधन केन्द्रको अवलोकन  समेत गरेका छन् ।

मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा गरेको कार्यक्रममा उनले मेलम्चीबाट आएको पानी स्विच थिचेर सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा पठाएका छन् । बालुवाटारमा पार्टी संसदीय दलको बैठक सकेर प्रधानमन्त्री ओली सुन्दरीजल पुगेका थिए ।  खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेर सुरुङमा पानी परीक्षण गरेको थियो ।

गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो । बैशाखको दोस्रो सातादेखि घरघरमा पानी वितरण हुने बताइएको छ ।