यो वर्ष पनि मेलम्ची खानेपानी नआउने

यो वर्ष पनि मेलम्ची खानेपानी नआउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाको अर्थ समितिले चालू आर्थिक वर्षभित्रै मेलम्चीको पानी काठमाडौं ल्याइसक्ने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ । सरकार भने मेलम्चीको बाँकी काम पूरा गर्न नयाँ निर्माण कम्पनीलाई ल्याउनेभन्दा पनि पुराने ठेकेदारलाई ल्याउने प्रयासमा छ । सरकारको अलमलका कारण समितिले निर्देशन दिए पनि पुरानै ठेकेदारलाई ल्याउने प्रयासमा छ ।

सरकारको अलमलका कारण समितिले निर्देशन दिए पनि चालू आवभित्रै काठमाडौंमा मेलम्चीको पानी आउनेमा भने आशंका छ । मेलम्ची खानेपानी विकास समितिले चालू आर्थिक वर्षभित्रै काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्न तत्काल विशेष परिस्थितिमा जाने निर्यर्ण गर्नु पर्ने बताएको छ र अन्तर्राष्ट्रिय बोलपत्र गर्दा आह्वान गर्दा आयोजनाको काम सम्पन्न गर्न दुईदेखि ती वर्षसम्म लाग्ने अनुमान गरिएको छ ।

तत्काल काम सुरु गर्ने हो भने बाँकी काम सहायक ठेकदार कम्पनीमार्फत् गर्न मन्त्रिपरिषद्ले सार्वजनिक खरिद ऐनको दफा ६६ तथा सार्वजनिक खरिद नियमावलीको दफा १४५ अनुसार विशेष परिस्थितिको अवस्था जनाई खरिद प्रक्रिया अगाडि बढाउनृ निर्णय गर्नु पर्ने हुन्छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।