मेलम्चीको बाँकी काम चिनियाँ कम्पनीलाई, एक वर्षभित्र सक्ने सम्झाैता

मेलम्चीको बाँकी काम चिनियाँ कम्पनीलाई, एक वर्षभित्र सक्ने सम्झाैता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ–बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अब एक वर्षमै सकिने भएकाे छ। त्यसका लागि सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिइएकाे छ।

आइतबार मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्री र कम्पनीका तर्फबाट वाङ हुवाले सम्झाैतापत्रमा  हस्ताक्षर गरेका हुन्। एक वर्ष भित्रै काम सक्नुपर्ने कम्पनीले असोज २६ गते काम सुरु गर्ने जनाइएकाे छ।

 कम्पनीले सुरुङमार्गतर्फ सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार, ग्याल्थुमको पहुँचमार्ग, पुलको पुनर्निर्माण, क्याम्पहरुको मर्मत सुधारलगायतका काम गर्नुपर्छ ।

सीएमसी काम अलपत्र छाडेर भागेको आठ महिनापछि सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको ठेक्का चिनियाँ कम्पनी सिनोहाइड्रोलाई दिएको हो ।

आयोजनाका निर्देशक राजेन्द्र पन्तका अनुसार सिनोसँग सम्भवतः केही दिनमै हेडवर्क्सतर्फको कामका लागि सम्झौता हुनेछ । कम्पनीले सुरुङतर्फ ८५ करोडमा ठेक्का सकारेको छ ।