मेलम्चीको पानी सुरुङमा पठाइयो

मेलम्चीको पानी सुरुङमा पठाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरूङ परीक्षण गरिएको छ ।

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी बिकास समितिले काम पुरा गरेसँगै २६ किलोमिटर सुरूङमा आज पानी राखेर परीक्षण सुरू गरेको हो ।

सोमबार सुरूङ स्थलमा पुगेर खानेपानी मन्त्री मणि थापाले कन्ट्रोल कक्षको स्वीच थिचेर सुरूङ परीक्षणको सुरू गरेका हुन् ।

प्रतिसेकेन्ड २६० लिटरका दरले सुरूङमा पानी प्रवाह गरिएको आयोजनाले जानकारी दिएको छ । सुरूङ भरिन करिब १६ दिन लाग्ने प्राविधिकहरूको अनुमान छ । परीक्षण अवधि दुई महिनाको हुने आयोजनाले जनाएको छ ।

उक्त परीक्षण कार्यक्रममा युवा तथा खेलकूद मन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पनि सहभागी थिए ।

आयोजनाले पहिलो चरणमा सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने प्रशोधन केन्द्र निर्माण पनि गरिसकेको छ ।

आयोजनाले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाण्डुमा उपलब्ध गराउने तयारी गरेको छ ।