काठमाण्डु — सिन्धुपाल्चोकको मेलम्ची बजारमा इन्द्रावती नदीको बाढीले एउटा तीन तले घर बगाएको छ ।
भारी वर्षापछि असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट जोगिएको सो घर आज बिहान वर्षा र कटानले बगाएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार हेलम्बु र मेलम्ची क्षेत्रमा भारी वर्षा भएपछि आएको बाढीले स्थानीय गोपाल दुलालको तीन तले घर बगाएको हो ।




प्रतिक्रिया