काठमाण्डु – राजधानीमा खानेपानी वितरण गर्ने आयोजना मेलम्चीको पाइप फुटेर बबरमहल क्षेत्रमा पानी छताछुल्ल भएको छ ।
पाइप फुटेपछि सडक, सरकारी कार्यालय लगायत क्षेत्र जलमग्न भएको छ ।
विशेष अदालत र काठमाण्डु जिल्ला अदालतको पुरानो भवनको भूइँतला लगायत क्षेत्र जलमग्न भएको छ । विशेष अदालतमा पानी पसेपछि भूइँतलाका सबै कागजपत्र र कम्प्युटर अन्यत्र सारिएको छ ।
विशेष अदालतमा बुधबारका लागि तोकिएका सबै सुनुवाइ स्थगित भएका छन् । पानी बढ्दै गएपछि सडकमा आवतजावत पनि बन्द भएको छ ।




प्रतिक्रिया