काठमाण्डु – काठमाडौंको थापाथली चोक नजिकै मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ । थापाथली चोकबाट नर्भीक इन्टरनेसनल हस्पिटल आउने सडकमा पाइप फुटेको हो । पाइप फुटेर पानी जम्मा भएपछि सडक अवरुद्ध भएको छ ।
थापाथलीमा खानेपानीको पाइप फुट्यो
अहिले पाइप फुटेको स्थानमा पानी वितरण बन्द गरिसकेको काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्र लिमिटेडले जानकारी दिएको छ।
यसअघि माइतीघर–बानेश्वर सडक खण्डको बबरमहल क्षेत्रमा पनि मुख्य पाइप नै फुटेको थियो। यसअघि केही दिनअगाडि बबरमहलमा पनि खानेपानीको पाइप फुटेर बाढी नै आएको थियो ।




प्रतिक्रिया