सिंगापुरको वार्ता बिफल, सीएमसीसँगको मेलम्ची ठेक्का तोडियो

सिंगापुरको वार्ता बिफल, सीएमसीसँगको मेलम्ची ठेक्का तोडियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का पाएको इटालियन कम्पनी सिएमसीसँगको ठेक्का रद्द गरेको छ।

अन्तिम समयमा आएर सिएमसीसँग सिंगापुरमा वार्ता गरिएपनि कुनै सहमति जुट्न नसकेपछि मेलम्ची खानेपानी आयोजनाले अन्ततः बिहीबार ठेक्का रद्द गरेको घोषणा गरेको हो। मेलम्चीको काम छाडेर ठेकेदार कम्पनी स्वदेश गएपछि सरकारले फर्काउन पटकपटक प्रयास गरेको थियाे।

आयोजना प्रमुख सुर्यराज कँडेलका अनुसार अब सुरुङ र हेडवक्र्सको निर्माणको जिम्मेवारी पाएको इटालियन कम्पनीले काम नयाँ ठेकेदार कम्पनी मार्फत गराउनुपर्ने छ। अब प्रक्रिया अगाडि बढ्ने उनले बताए।