मेलम्ची आयोजनामा आन्दोलनकारी र प्रहरीबीच झडप,दर्जनौं सेल अश्रुग्यास प्रहार

मेलम्ची आयोजनामा आन्दोलनकारी र प्रहरीबीच झडप,दर्जनौं सेल अश्रुग्यास प्रहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक  – मेलम्ची खानेपानी आयोजनस्थलमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । झडप हुंदा ५ राउन्ड अश्रुग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएकाे छ।

आन्दोलनकारीले मेलम्ची आयोजनाको सवारी साधानमा ढुङ्गा प्रहार गरेपछि अश्रुग्यास प्रहार गरेको छ। आन्दोलनकारीले प्रहरीमाथि ढुङगा मुढा प्रहार गर्दा प्रहरीतर्फ प्रहरीहरु उमेश भुजेल, रञ्जित गुरुङ र कुमार नेपाली गरी तीन जना घाइते भएका छन् । त्यसक्रममा प्रहरीले केही राउण्ड हवाई फायर र एक दर्जनभन्दा बढी राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ ।

आन्दोलनकारीले मेलम्ची आयोजनाको सवारी साधान लगायतमा आक्रमण गर्दै क्षति पुर्याउन थालेकाले स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको दावी गरेको छ । मेलम्ची आयोजनाको निर्माण कम्पनी सिएमसीले स्थानीय सप्लायर्स, कामदारको ज्याला,लोकल कन्ट्रयाक्टर्सको भुक्तानी नदिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

सरकारले यसै आर्थिक वर्षमा काम सक्ने लक्ष्यका साथ चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिएको छ । सरकारले यसै आर्थिक वर्षमा काम सक्ने लक्ष्यका साथ चिनियाँ निर्माण कम्पनी सिने लाई कामको जिम्मा दिएको छ। सीमएसीले तिर्न बाँकी रकम खोज्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन्।