मेलम्चीमा फेरि बाढी, हेलम्बुको प्रहरी कार्यालय र विद्यालय भवन बगायो

मेलम्चीमा फेरि बाढी, हेलम्बुको प्रहरी कार्यालय र विद्यालय भवन बगायो


काठमाण्डु – सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरी बाढी आएको छ । शुक्रबार राति आएको बाढीले हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन, विद्यालयको भवन बगाएको छ ।

गत मंगलबार आएको बाढीले जोखिममा परेका ती भवनहरू शुक्रबार राति आएको बाढीले बगाएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । उनले भवनहरूमा रहेका केही महत्वपूर्ण सामानहरू भने पहिल्यै नै सुरक्षित स्थानमा सारिएको बताए ।