प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली मेलम्चीमा, होटलमा फसेका २ जनाको हेलिकोप्टरबाट उद्दार


काठमाण्डु – मेलम्ची नदीमा आएको बाढीले डुबानमा परेका दुई जनाको नेपाली सेनाले उद्दार गरेको छ । मेलम्ची बजारमा रहेको रोज होटलभित्र फसेका दुई जनाको नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेको हो ।

होटलको छतमा उक्लिएर हारगुहार गरिरहेका उनीहरुलाई हेलिकोप्टरमार्फत उद्दार गरिएको हो । बाढीले होटलको तल्लो तल्लाहरु डुबाएको थियो । त्यस्तै तालिमप्राप्त उद्धार टोलीसहित नेपाली सेनाको हेलिकोप्टर सिन्धुपाल्चोकको मेलम्चीमा पुगेको प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले जानकारी दिए ।

मेलम्चीमा हिजो साँझ ७ बजेदेखि बाढी गएको हो । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार चौतारा र काभ्रेको धुलिखेलबाट २५० जनाको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी टोली मेलम्ची पुगेको छ ।

निरन्तर वर्षापछि आएको बाढीले हेलम्बु गाउँपालिकाभर ७ जनाको मृत्यु भएको छ । तर उनीहरुको सनाखत हुन सकेको छैन । हेलम्बुमा घर, टहरा, फार्म, पुललगायत संरचना बाढीले बगाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement