सरकारकै कारण मेलम्चीका ठेकेदार काम छोडेर भागे :कांग्रेस

सरकारकै कारण मेलम्चीका ठेकेदार काम छोडेर भागे :कांग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको कम्पनी काम छोडेर भागेको विषयलाई लिएर नेपाली कांग्रेसले विरोध जनाएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारकै कारण ठेकेदार भागेको आरोप लगाएको छ ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले सरकारले गैह् कानुनी ढंगले कम्पनी संचालन गर्न आएका प्रति धरपकड गरेकाले उनीहरु काम छोडेर भागेको आरोप लगाएका हुन् ।

कांग्रेसका बद्री प्रसाद पाण्डेले खानेपानी मन्त्रालयका अधिकारीहरुले कमिसन मागेपछि ठेकेदार कम्पनी काम छोडेर भागेको दाबी गरे । उनले सरकारकै उच्च अधिकारी नै कमिसनको खेलमा लागेको आरोप लगांउदै इमान्दारीता र पारदर्शीता देखाउन चुनौति समेत दिए ।
सत्तारुढ दलकै सांसदले पनि मेचलम्ची खानेपानी आयोजना निर्माणको ठेक्काको यर्थात विवरण संसदलाई जानकारी गराउन माग गरेका छन् ।

सांसद दीलकुमारी रावलले आयोजना निर्माणको समय लम्बिदै गईरहेका बेला एकाएक निर्माण कम्पनीले काम छोडेको खबरले सबैलाई दुःखी बनाएको बताईन उनले मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्रकरणको सत्यतथ्य घटना जानकारी गराउनुपर्ने धारणा राखिन् ।