मेलम्चीमा पहिरो जाँदा ८ जना बेपत्ता, एककाे उद्धार

मेलम्चीमा पहिरो जाँदा ८ जना बेपत्ता, एककाे उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक-  गएरातिको अविरल वर्षाले पहिरो जाँदा मेलम्ची–११ मेलम्ची बजारमा आठ जना बेपत्ता भएका छन् ।

कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा आठ जना बेपत्ता भएका र एक जनाको उद्घार जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

बेपत्ता हुनेहरुमा वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदीप चौरसिया, २५ वर्षीय विक्रम थिंग, २३ वर्षीय मानबहादुर रुम्बा,२० वर्षीय सिमन घलान, २१ वर्षीय शिवबालक धामी, १७ वर्षीय सोनाम लामा र १ जना भारतिय नागरिक राजेन्द्र चौधरी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भारतीय नागरिक बारु शाहको उद्धार गरि अहिले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन् । पहिरो आज विहान २ बजे गएको थियो । निर्माणाधीन कभर्डहल प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो ।