काठमाण्डु – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गाडीभाडा बढाउन माग गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङलाई ज्ञापन पत्र बुझाएका छन् ।
बिहीबार यातायातमन्त्री नेम्बाङलाई भेटेर ज्ञापन पत्र बुझाउँदै महासंघले चैतको तेस्रो साताभित्र भाडा समायोजन नगरिए सवारी साधन नचलाउने चेतावनी दिएको छ ।
महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चानलको अनुमति दिन पनि माग गरेको छ । प्राविधिक चेकजाँचको आधारमा सञ्चालन व्यवस्था गरिदिनुपर्ने महासंघको माग रहेको छ ।
यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले २० वर्षे सवारी साधनहरु विस्थापित गरिए नयाँ सवारी साधनका लागि सतप्रतिशत भन्सार छुट गरिदिनुपर्ने माग गरेको बताए ।
ज्ञापन पत्र बुझ्दै मन्त्री नेम्बाङले ज्ञापन पत्रको सम्बन्धमा यातायात व्यवस्था विभागसँग आवश्यक छलफल गर्ने प्रतिक्रिया दिए ।




प्रतिक्रिया