गायिका मेनुका राष्ट्रपति पौडेलबाट सम्मानित

गायिका मेनुका राष्ट्रपति पौडेलबाट सम्मानित


काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट १० मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मानित गरेका छन् ।

राष्ट्रपति पौडेलले आज सोमबार शितलनिवासमा एक समारोहबीच मेनुकालाई सम्मानित गरेका छन् ।

उनले मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको बताउँदै देशका छोराछोरीले नै मेहनत र आफ्नो क्षमता देखाएर मुलुकको शान र गौरव बढाउने उल्लेख गरेका छन् ।

मेहनत र अभ्यासले मानिसलाई सफल बनाउने बताउँदै उनले मेनुकाको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।