जीवन विकासको नेतृत्वमा ३ लघुवित्तबीच मर्जर सम्झौता

जीवन विकासको नेतृत्वमा ३ लघुवित्तबीच मर्जर सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको छ । दोस्रो बजारमा सूचीकृत तीनवटा लघुवित्त वित्तीय संस्थाहरू जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्त एक आपसमा गाभिने वा मर्ज र हुने भएका छन् ।

यी तीन कम्पनीबीच चैत २८ गते मर्जरका लागि प्रारम्भिक समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको हो । मर्जरको पृष्ठभूमि र नयाँ निर्णययसअघि चैत १४ गते जीवन विकास र युनिक नेपाल लघुवित्तबीच मात्रै मर्जर हुने प्रारम्भिक सम्झौता भएको थियो । तर, पछिल्लो निर्णयअनुसार अब यी दुई कम्पनीमा मानुषी लघुवित्त पनि थपिएपछि त्रिपक्षीय मर्जर हुने निश्चित भएको हो ।

मर्जर प्रक्रिया अघि बढेसँगै तीनै संस्थाको साधारण सभा सम्पन्न नभएसम्मका लागि आधारभूत शेयरधनीहरूको शेयर कारोबार रोक्का राख्न सम्बन्धित निकायमा अनुरोध समेत गरिएको छ । जीवन विकास लघुवित्तको केन्द्रीय मोरङ्गको कटहरीमा रहेको छ भने युनिक नेपाल लघुवित्तको केन्द्रीय कार्यालय बाँकेको कोहलपुरमा रहेको छ ।

मानुषी लघुवित्तको केन्द्रीय कार्यालय भने काभ्रेपलाञ्चोकमा रहेको छ । हाल जीवन विकास लघुवित्तको चुक्ता पुँजी १ अर्ब ७५ करोड रहेको छ मानुषी लघुवित्तको चुक्ता पुँजी १० करोड ९३ लाख रहेको छ । युनिक नेपाल लघुवित्तको चुक्ता पुँजी भने १४ करोड ८५ लाख रहेको छ ।