इन्सपेक्टरलाई धम्की दिने सांसद सामाजिक विकासमन्त्री !

इन्सपेक्टरलाई धम्की दिने सांसद सामाजिक विकासमन्त्री !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ड्युटीमा रहेका प्रहरीलाई धम्की दिने सांसद गण्डकी प्रदेशको सामाजिक विकासमन्त्री भएका छन् ।

निषेधाज्ञामा भिड जम्मा पार्दै नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई बधाई दिन पुगेका सांसद मेषलाल श्रेष्ठले इन्सपेक्टरलाई ‘हिसाब किताब ’ हुन्छ भन्दै धम्की दिएका थिए । उनलाई आज मुख्यमन्त्री नेपालीले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

उनले डयुटीमा रहेका कास्की प्रहरीका इन्सपेक्टर श्याम थापा मगरलाई ‘हिसाब किताब’ हुने भन्दै धम्की दिएका थिए । सांसद श्रेष्ठले ‘नाम के हो हिसाब किताब हुन्छ’ भन्दै ड्युटीका इन्स्पेक्टरमाथि धम्की दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।