कोपा अमेरिका : अर्जेन्टिना तेस्रो, मेसीले पाए रातो कार्ड


एजेन्सी – कोपा अमेरिका २०१९ मा लियोनल मेसीले रातो कार्ड पाएका छन् ।

शान्त स्वभावका खेलाडीको छवि बनाएका मेस्स चिली विरुद्धको खेलमा ग्यारी मेडलसँगको झगडाका कारण रातो कार्ड पाउन पुगे ।

मेसीले करियरमै दोस्रो रातो कार्ड पाए, जुन रातो कार्ड १४ वर्षयताकै पहिलो हो । नेपाली समय अनुसार आइतबार विहान साओ पाओलोमा भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले हराउँदै तेस्रो भयो ।

अर्जेन्टिनाका लागि सर्जियो एगुरो र पउलो डेबेलाले गोल गरे । चिलीका तर्फबाट अरटुरो भिडालले दोस्रो हाफमा पेनाल्टीबाट एक गोल फर्काए ।

प्रतिक्रिया दिनुहोस
Advertisement