मेस्सीलाई फुटबल खेल्न तीन महिना प्रतिबन्ध

मेस्सीलाई फुटबल खेल्न तीन महिना प्रतिबन्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सीलाई तीन महिनासम्म अन्तर्रा्ष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लगाइएको छ। अर्जेन्टिनाको फुटबल टोलीका कप्तान मेस्सीले हालै सम्पन्न कोपा अमेरिका फुटबल प्रतियोगिता ’भ्रष्ट’ रहेको टिप्पणी गरेका कारण उनीमाथि प्रतिबन्ध लगाइएको हो।

अर्जेन्टिनाका र चिलीबीच तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धाका क्रममा रातो कार्ड देखाइएपछि उनले मैदान छोड्नु परेको थियो। बार्सिलोनाबाट खेल्दै आएका ३२ वर्षीय मेस्सीले त्यसपछि प्रतियोगिताको ’कप ब्राजिलका लागि पहिले नै सुरक्षित गरिएको’ टिप्पणी गरेका थिए। प्रतिबन्धसँगै उनलाई दक्षिण अमेरिकी फुटबल सङ्घले ५० हजार अमेरिकी डलर जरिबाना समेत गरेको छ।

प्रतिबन्धका कारण आगामी सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीसँग हुने मैत्रीपूर्ण खेलमा सहभागी हुनबाट उनी वञ्चित हुनेछन्। सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिताको छनौट खेल अर्जे्न्टिनाले सन् २०२० को मार्च महिनाबाट शुरू गर्दैछ।