मेस्सीको त्यो गोल, जसले अर्जेन्टिनालाई हारबाट जोगायो


एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा हारको नजिक पुगेको अर्जेन्टिना उरुग्वेले बरारबरी खेलेका छन् । सोमबार राति भएको खेलमा अर्जेन्टिना र उरुग्वेले २–२ को बरारबी खेलेका हुन् ।

अतिरिक्त समयमा पाएको पेनाल्टी सदुपयोग गर्दै मेस्सीले हारको नजिक पुगेको अर्जेन्टिनालाई अन्तिम समयमा जोगाए । उरुग्वेका इडिन्सन काभानीले ३४औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । पहिलो हाफमा १–० पछाडि परेको अर्जेन्टिनाले ६३औं मिनेटमा गोल गर्दै खेल बराबरीको अवस्थामा ल्यायो ।

अजेन्टिनाका लागि सर्जियो अग्युरोले बराबरी गोल गरेका हुन् । तर, त्यसको पाँच मिनेटपछि उरुग्वेका लागि लुइस स्वारेजले गोल गर्दै खेललाई पुनः २–१ ले अगाडि बढाएका थिए । अतिरिक्त समयमा अर्जेन्टिनाले पेनाल्टी पायो । मेस्सीले सो पेनाल्टी सदुपयोग गर्दै टोलीको हार टारे ।

प्रतिक्रिया दिनुहोस
Advertisement