रोनाल्डोलाई पछि पार्दै मेस्सीले जिते बालोन ‘डी ओर’ अवार्ड

रोनाल्डोलाई पछि पार्दै मेस्सीले जिते बालोन ‘डी ओर’ अवार्ड


एजेन्सी – यूभेन्ट्सका क्रिस्टियानो रोनाल्डालाई उछिन्दै बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले छैटौं पटक विश्वको सर्वोत्कृष्ट खेलाडीलाई दिइने बालोन डी ओर अवार्ड जितेका छन् ।

सन २०१८(१९ को सिजनमा देश र क्लबका लागि ५४ गोल गरेपछि उनी यो अवार्डको हकदार भएका हुन् ।  सोमबार राति उनलाई बालोन डी’ओर अवार्ड प्रदान गरेसँगै उनी ६ पटक उक्त अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् ।

मेस्सीले यस अघि सन् २००९ देखि १२ सम्म र २०१५ मा गरी पाँच पटक अवार्ड जितेका थिए । मेस्सीपछि रोनाल्डोले ५ पटक अवार्ड जितेका छन् । महिलातर्फको अवार्ड अमेरिकी खेलाडी मेगन रापोनीले जितिन् । त्यस्तै लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपर अवार्ड जिते ।