अर्जेन्टाइन स्ट्राइकर मेसीले बनाए अर्को कीर्तिमान


एजेन्सी – अर्जेन्टाइन स्ट्राइकर लियोनल मेसीले क्लबका लागि अर्को कीर्तिमान बनाएका छन् । मेसीले बार्सीलोनाबाट सर्वाधिक ला लिग खेल खेल्ने कीर्तिमान बनाएका हुन् । उनले गएराती भएको काडिक विरुद्ध मैदानमा उत्रिएसंगै ला लिगामा ५ सय ६ खेल पुरा गरे ।

यसअघि उनका पुर्व टिम मेट जाबीले ५ सय ५ खेल खेल्दै कीर्तिमान बनाएका थिए । करियरमा अर्को सफलता हात पारेपनि उनको टिम बार्सा भने जीतबाट बञ्चित भयो । बार्सा काडिजसँग एक एक गोलको बराबरीमा रोकियो । ३२ औं मिनेटमा लियोनल मेसीले पेनाल्टिमा गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए । तर उसले अन्तिम समयसम्म जोगाउन सकेनन् ।

बार्साले ८० प्रतिशत वल पोसेसन आफ्नो नियन्त्रणमा राख्दै ३० सट प्रहार गरेको थियो । तर काडिजको डिफेन्स तोड्न सकेन् । बार्सा २३ खेलबाट ४७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । काडिज २४ खेलबाट २५ अंक जोड्दै १२ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement