मेस्सीलाई १५ सय डलर जरिवाना, फिफा विश्वकप खेल्न नपाउने


एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कारबाहीमा परेका छन् ।

कोपा अमेरिका कपमा रेफ्रीको निर्णयको विरोध गरेकाले उनलाई दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले एक खेल प्रतिबन्ध र १५ सय अमेरिकी डलर जरिवानाको कारबाही गरेको होे ।

यो कारबाहीसँगै मेस्सीले २०२० को मार्चमा अर्जेन्टिनाले खेल्ने फिफा विश्वकप २०२२ को छनोट चरणको पहिलो खेल खेल्न नपाउने भएका छन् ।

कोपा अमेरिका कपको तेस्रो स्थानका लागि भएको खेलमा चिलीका खेलाडीसँग ठेलठाल भएको अवस्थामा रेफ्रीले रातो कार्ड दिएपछि मेसी रेफ्रीको विरुद्ध खनिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement