महानगरीय प्रहरी परिसर ललितपुरले अक्सिजन सिलिन्डर संकलन गरी अस्पताललाई बुझायाे 

महानगरीय प्रहरी परिसर ललितपुरले अक्सिजन सिलिन्डर संकलन गरी अस्पताललाई बुझायाे 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – कोभिड– १९ का बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुन थालेपछि महानगरीय प्रहरी परिसर ललितपुरले २३० थान अक्सिजन सिलिण्डर जम्मा गरी विभिन्न अस्पतालहरुलाई हस्तान्तरण गरेको छ ।

अक्सिजन सिलिन्डरको अभाव देखिएपश्चात जिल्लाका विभिन्न स्थानमा प्रयोग बिहीन रहेका २३० थान अक्सिजन सिलिन्डरहरु महानगरीय प्रहरी परिसर ललितपुरले संकलन गरी विभिन्न अस्पताललाई हस्तान्तरण गरेकाे हाे ।

संकलन गरिएका अक्सिजन सिलिन्डरमध्ये डिसिसिएमसीको बैठकबाट निर्णय भए अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ८० थान, किस्ट मेडिकल कलेज ईमाडोललाई ५० थान, ब्रजबाराही अस्पताल चापागाउँलाई १० थान, अल्का अस्पताल जावलाखेललाई १५ थान, सुमेरु अस्पताल धपाखेललाई १० थान, स्टार अस्पताललाई २० थान, मेघा अस्पताललाई २० थान, गणेशमान सिंह अस्पताललाई १० थान र ललितपुर
महानगरपालिकाबाट संचालित बागडोलस्थित वृद्राश्रममा रहेको आइसोलेशन सेन्टरलाई १५ थान अक्सिजन सिलिन्डर बिरामीहरुको प्रयोजनका लागि बुझाइएको छ ।

साथै अक्सिजन उत्पादन कार्यमा संलग्न रहेका उद्योगीहरुको रोटेशनमा नरहेका अक्सिजन सिलिन्डरहरुको बिबरण समेत माग गरी स्टक एवं डम्प भई बसेका सिलिन्डरको खोजी कार्यमा प्रहरीले तिव्रता ल्याउनुका साथै आमनागरिकमा यस सम्बन्धि जानकारी भएमा नजिकको अस्पताल वा महानगरीय प्रहरी परिसर ललितपुरमा समन्वय गरी उपलब्ध गराइदिन महानगरीय प्रहरी परिसर ललितपुरले अनुरोध समेत गरेको छ ।