आजको मौसम : यी स्थानमा चट्याङसहित पानी पर्ने, सतर्क रहन महाशाखाको आग्रह

आजको मौसम : यी स्थानमा चट्याङसहित पानी पर्ने, सतर्क रहन महाशाखाको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आज (सोमबार) देशभरको मौसम बदली भएको छ । मनसुनको न्यून चापिय रेखा नेपालतर्फ सरेकोले देशभर बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइ तराईका धेरै स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको महाशाखाले छ ।

आज दिउँसो देशभरी नै आंशिक र सामान्य बदली हुनेछ भने धेरै स्थानहरुमा हल्का र मध्यम वर्षा हुनेछ । साथै, पूर्व र पश्चिम तराई क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, आज राति देशको पश्चिमि भू–भागका केही स्थानमा तथा मध्य र पूर्वका केही स्थानमा मेघ गर्जन, चट्याङ्गको सहित हल्का वर्षा हुने सम्भावना रहेको छ । मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले जारी गरेको पूर्वानुमान बुलेटिनमा देशको केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग पर्ने सम्भावना रहेको र पूर्व र पश्चिम तराई तथा पहाड भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।