मेक्सिकोका लागि गैरआवासीय राजदूतमा डा. खतिवडा नियुक्त

मेक्सिकोका लागि गैरआवासीय राजदूतमा डा. खतिवडा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – डा. युवराज खतिवडा मेक्सिकोका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त भएका छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ को उपधारा १ बमोजिम डा. खतिवडालाई मेक्सिकोका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी हुन् ।

खतिवडा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत छन् । नेपाल राष्ट्र बैंकको अधिकृतबाट करिअर सुरू गरेका उनलाई पूर्व एमाले सरकारले राष्ट्र बैंकमा गभर्नर नियुक्त गरेको थियो ।

लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट रहेर काम गरेका खतिवडालाई उनले पार्टीका धेरै सिनियर नेताका आकांक्षा पन्छाउँदै अर्थमन्त्री बनाएका थिए ।