शंकर पोखरेल र योगेश भट्टराईको फेसबुक स्टाटसले रिसाए मेयर चौधरी

शंकर पोखरेल र योगेश भट्टराईको फेसबुक स्टाटसले रिसाए मेयर चौधरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – इटहरी उपमहानगरपालिका मेयर द्वारिकालाल चौधरीले नेताद्वय शंकर पोखरेल र योगेश भट्टराईले घटनाको सत्यतथ्य नबुझी समाजिक सञ्जालमा प्रतिक्रिया दिएकोमा असन्तुष्टि जनाएका छन् ।

शनिबार इटहरीस्थित उपमहानगरमा पत्रकारहरूसंगको संक्षिप्त कुराकानीका क्रममा मेयर चौधरीले पार्टीका दुवै नेताले आफूसँग घटनाबारे नबुझी फेसबुक स्टाटस लेखेको बताए ।

‘दुवै नेताले बडो फेसबुक चलाउने, बडो स्टाटस लेख्ने । उनीहरू मात्र जान्दछन् ?’, उनले भने, ‘हामी जान्दैनौँ ? उहाँहरूले घटनाबारे मलाई फोन गर्न सक्नुहुन्नथ्यो ?’

दुवै नेताहरूको फेसबुक स्टाटसका सन्दर्भमा उनले सार्वजनिक रुपमा माफी माग्ने कुरा उचित नभएको स्पस्ट पारे ।