रामेछाप – कार्यपालिकाको बैठकमा विवाद बढेपछि मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेत कार्यपालिका सदस्य र वडा अध्यक्षको आक्रमणबाट घाइते भएका छन् । नगर प्रमुख बस्नेतको टाउकोमा गम्भीर चोट लागेको नगरपालिकाले जनाएको छ ।
सोमबार साँझ बसेको नगर कार्यपालिका बैठकमा काम नभएको योजनाको भुक्तानी माग गरिएको विषयमा भएको छलफलले उग्र रुप लिएपछि नगर प्रमुख बस्नेत कुटिएका हुन् ।
मन्थली नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रामबहादुर कार्कीले काम नै नगरेको गएको आर्थिक वर्षको योजनाको रकम भुक्तानी हुनुपर्ने माग गरेपछि कार्यपालिको बैठकमा विवाद भएको नगरपालिकाले जनाएको छ ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले काम नभएको योजनाहरुको भुक्तनी दिन नमिल्ले बताएपछि बैठकमै नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि लक्षित गरी आक्रमण भएको नगरपालिकाले बताएको छ ।
काम नभएको योजनाको भुक्तानी दिन दवाब दिँदै नगर कार्यपालिका सदस्य उद्धव रम्तेल र श्रीबहादुर माझी, वडा नम्बर ५ का अध्यक्ष रामबहादुर कार्की र वडा नम्बर १२ का अध्यक्ष कृष्णहरी अधिकारीले बैठक स्थलमा भएका नेमप्लेट, पानीको बोतल र चियाको ग्लासले नगर प्रमुख बस्नेलाई प्रहार गरेका थिए




प्रतिक्रिया