तीन दिनसम्म भारी वर्षा हुने, यी ठाउँमा बाढी पहिरोबाट सतर्क रहन आग्रह

तीन दिनसम्म भारी वर्षा हुने, यी ठाउँमा बाढी पहिरोबाट सतर्क रहन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आगामी तीन दिनसम्म देशभर बाढीपहिरोबाट सतर्क रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले एक सूचना जारी गर्दै देशभर भारी वर्षा जारी रहने सम्भावना रहेकाले बाढीपहिरोबाट सतर्क रहन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आउने तीन दिनसम्म लगातार वर्षा हुने सम्भावना छ ।

धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले बाढीपहिरोको जोखिम रहेका क्षेत्रमा बसोबास गर्नेहरूलाई होसियारी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

‘आउने शुक्रबारसम्म वर्षा नरोकिने मौसमी संकेतले देखाएको मौसमविद बासीले जानकारी दिइन् । उनका अनुसार अब वर्षे झरी सुरु भएका कारण आउने तीन दिनसम्म यो जारी रहने संभावना देखिएको छ ।

त्यस्तै बाढी पूर्वानुमान महाशाखाले पनि बुधबार चितवन, नवलपरासी, कपिलवस्तु, रूपन्देही, दाङ, बाँके, बर्दियालगायत आसपासका जिल्लाका खोला नदीमा बाढी आउने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

महाशाखाले चितवन, नवलपरासी, कपिलवस्तु, रूपन्देही, दाङ, बाँके, बर्दियालगायत आसपास जिल्लाबाट बहने केही साना खोलामा एक्कासि बाढी आउन सक्छ, राजमार्गमा रातको समयमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तो छ, तीन दिनसम्मको मौसम
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन (शुक्रबार) सम्म देशभरजसो वर्षा जारी रहने जनाएको छ । यस क्रममा विभिन्न स्थानमा भारी तथा केही स्थानमा अति भारी वर्षा पनि हुने महाशाखाको अनुमान छ ।

यस्तो छ मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनः
असार २५ गते (बुधबार)
दिउँसो: देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली बदली रहनेछ । देशका धेरै स्थानमा वर्षा हुनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
रातिः देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भूभागमा वर्षाको सम्भावना छ । देशका केही स्थानमा भारी वर्षाको सम्भावना भने एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

असार २६ गते (बिहीबार)
दिउँसो: देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति: देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भूभागमा वर्षाको सम्भावना छ । देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । एकरदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।

असार २७ गते (शुक्रबार)
दिउँसो: देशका अधिकांश भूभागमा बदली रहनेछ। देशका पश्चिमी भूभागका केही स्थान र मध्य र पूर्वका धेरै स्थानमा वर्षा तथा एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

रातिः देशका अधिकांश भूभागमा बदली रहनेछ। देशका पश्चिमी भूभागका केही स्थान र मध्य र पूर्वका धेरै स्थानमा वर्षा तथा एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।