काठमाडौं – पूर्वमा मनसुनी गतिविधिका कारण बिहीबार देशभरको मौसम बदली भई धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन भित्र्याउने वायु देशको पूर्वी भूभागमा सक्रिय हुन थालेकाले पूर्वको झापा, मोरङ, पाँचथर, इलाम, ताप्लेजुङ लगायतका ठाउँमा अहिले पानी परिरहेको महाशाखाले जनाएको छ ।
पूर्वबाट क्रमशः मनसुन देशको मध्य क्षेत्रमा फैलिँदै गए पनि महाशाखाले नेपालमा मनसुन भित्रिएको औपचारिक घोषणा भने गरेको छैन ।
मनसुनी गतिविधिकै बिहीबार बिहानैदेखि देशका अधिकांश भूभागको मौसम बदली भएको छ । पश्चिमी क्षेत्रमा भने अझै पश्चिमी बायू सक्रिय रहेको छ । आज देशभर वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाई छ ।




प्रतिक्रिया