काठमाडौं –आज (मंगलबार) बिहानैदेखि देशभरको मौसम सामान्य बदली भएको र देशका पूर्वी तथा मध्यका केही र पश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । पूर्वी र मध्य पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।
आगामी तीनदिनसम्म मौसम बदली हुने सम्भावना रहेको छ तर लगातार झरी भने नपर्ने मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । मौसमविद श्रेष्ठका अनुसार आगामी करिब तीन साता अर्थात् यही सेप्टेम्बर २३ तारेख सम्म मनसुन कायम रहने भएकोले त्यतिन्जेलसम्म वर्षा भइरहने सम्भावना रहेको छ ।
आज राति देशका अधिकांश स्थानहरुमा सामान्य देखिपूर्ण बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुने तथा पश्चिम र मध्यका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोलि दिउँसो पनि देशभरी आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुने र बिहीबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाको भनाई रहेको छ ।
आगामी २४ घण्टा देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित वर्षाका साथै पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना हुने भएकोले सामान्य सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यी क्षेत्रमा बाढी आउनेः
आज नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकालीमा पानीको वहाव केही बढ्ने उर्जा मन्त्रालय अन्तर्गतको बाढी नियन्त्रण महाशाखाले जनाएको छ ।
आज नुवाकोट, रसुवा, नवलपरासी, कास्की, पर्वत, बागलुङ, स्यांजा, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, प्युठान, रोल्पा, रुकुम, जाजरकोट,दैलेख, सुर्खेत, अछाम र डोटी भएर बग्ने साना नदीमा बहाव बढ्ने महाशाखाले जनाएको छ ।




प्रतिक्रिया