काठमाडौं – काठमाडौं उपत्यकामा यो वर्षकै चिसो भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहिबार बिहान ९ बजे गरिएको मापनअनुसार उपत्यकाको तापक्रम ०.९ मा झरेको हो ।
देशभरमै सबैभन्दा कम तापक्रम जुम्लाको छ । महाशाखाको मापन विवरणअनुसार आज त्यहाँको न्यूनतम तापक्रम माइनस ७.० छ । त्यसपछि सबभन्दा कम तापक्रम काठमाडौंकै देखिएको छ । यसपछि डडेल्धुराको १.७, वीरेन्द्रनगरको २.०, ओखलढुंगा र दिपायलको समान ३.५ डिग्री सेल्सियस छ ।
यस्तै यसपछि क्रमशः ताप्लेजुङको न्यूनतम तापक्रम ४.४, धनकुटाको ५.९, पोखराको ६.०, विराटनगर ७.८, नेपालगन्ज ८.५, धनगढीको ८.२, सिमराको १० डिग्री, भैरहवाको १०.६ डिग्री सेल्सियस छ ।




प्रतिक्रिया