तीन दिनको मौसम : उपत्यकासहित देशभर वर्षा र हिमपात, सतर्क रहन आग्रह

तीन दिनको मौसम : उपत्यकासहित देशभर वर्षा र हिमपात, सतर्क रहन आग्रह


काठमाडौं – आज (बुधबार) काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षा तथा भारी हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशैभरको मौसम बदली भएको छ भने पश्चिम र मध्य क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले महाशाखाले जनाएको छ । यसैगरी पूर्वका केही स्थानमा पनि हल्का वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा आज भारी हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतबार र सोमबार दुई दिन मौसम खुले पनि पुनः पश्चिमी वायु नेपाल प्रवेश गरेका कारण वर्षा र हिमपात सुरु भएको महाशाखाले जनाएको ।

महाशाखाले बुधबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, देशका केही स्थानहरूमा वर्षा हिमपातको सम्भावना रहेको र यसकै कारण जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउनुहुन सबैमा अनुरोध छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान:

पुस २३ गते बुधबार
दिउँसोः देशभर सामान्यदेखि पूर्णसम्म बदली रही पश्चिम र मध्येका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । पूर्वी भूभागमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारीसम्म हिमपात हुने सम्भावना छ ।

रातिः देशभर सामान्य बदली रही पश्चिमका केही स्थान तथा मध्य र पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारीसम्म हिमपात हुने सम्भावना छ ।

पुस २४ गते बिहीबार
दिउँसोः देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारीसम्म हिमपात हुने सम्भावना छ ।

रातिः देशका मध्य तथा पूर्वी भूभागमा सामान्य तथा पश्चिमका भूभागमा आंशिक बदली रही पश्चिमका एक(दुई तथा मध्य र पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ ।

पुस २५ गते शुक्रबार
दिउँसोः देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । मध्य र पूर्वी पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

रातिः देशभर मौसम सामान्यतया सफा रहनेछ ।