मनसुन देखिन थाल्यो, ह्वात्तै बढेको गर्मी घट्यो


काठमाडौं – पछिल्लो साता काठमाडौं उपत्यकासहित देशभरि ह्वात्तै बढेको तापक्रम अब भने बिस्तारै घट्ने भएको छ ।

मनसुन सुरु हुने संकेत देखिन थालेकाले अब बिस्तारै तापक्रम घट्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएको शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ३३.५ डिग्री सेल्सियस पुगेको थियो । उपत्यकामा यो तापकक्रम वर्षकै सबैभन्दा धेरै हो ।

गएको सोमबार दिउँसोदेखि आंशिक तथा सामान्य बद्ली भएर बेलुका पानी परेपछि तापक्रम केही मात्रामा घट्दै गइरहेको छ । अबको १, २ दिन आशिंकदेखि सामान्य बद्ली भई बेलुका धेरै ठाउँमा पानी पर्ने र त्यसपछि मनसुन भित्रीने भएकाले अब गर्मी बढ्ने सम्भावना नरहेको महाशाखाका मौसमविद् वरुण पौडेलले बताए ।

नेपालतिर आउने मनसुनी प्रणाली बंगालको खाडी आसपासमै रोकिएपछि मनसुन भित्रिने बेलामा उखरमाउलो गर्मी बढेको हो

प्रतिक्रिया दिनुहोस
Advertisement