काठमाडौं – आज (शुक्रबार) देशका केही स्थानमा मेघ गर्जन–चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अपराह्न वा साँझपख पश्चिमका एक दुई स्थानमा तथा राति देशभरका कुनै पनि १–२ ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि मौसम पुर्वानुमान विवरण जारी गर्दै देशका केही स्थानमा मेघगर्जन सहितको वर्षा हुनेरचट्याङ पर्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ ।
यस्तो छ तीन दिनको मौसम पुवानुमान विवरण :
श्रावण २४ गते (शुक्रबार)
दिउँसोः देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ । पश्चिमी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ ।
रातीः देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पश्चिमका केही स्थानहरुमा पूर्व र मध्यका थोरै स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ । देशका एक–दुई स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ ।
श्रावण २५ गते (शनिबार)
दिउँसोः देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना छ ।
रातीः देशका धेरैजसो स्थानहरुमा सामान्य बदली रही पश्चिमका थोरै स्थानहरु तथा पूर्वी र मध्यका केहि स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित वर्षाको संभावना छ ।
श्रावण २६ गते (आइतबार)
दिउँसोः देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ ।
रातीः देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पश्चिमका केही स्थानहरुमा पूर्वी र मध्यका थोरै स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । पश्चिमी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ ।




प्रतिक्रिया