मध्य भोटेकोशीको आईपीओ बिक्री खुल्ला

मध्य भोटेकोशीको आईपीओ बिक्री खुल्ला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मध्य भोटेकोशी जलविद्युत् आयोजना लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुल्ला गरेको छ । कम्पनीले कुल ९० करोड बराबरको एक सय अङ्कित मूल्यका ९० लाख कित्ता सेयर आजदेखि बिक्री खुल्ला गरेको हो ।

निष्काशन गरिने कुल ९० लाख कित्ता सेयरमध्ये चार प्रतिशत अर्थात् तीन लाख ६० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यस्तै पाँच प्रतिशत अर्थात् चार लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने ८१ लाख ९० हजार कित्ता साधारण सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म प्रतिसेयर एक सयका दरले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त समयमा माग बमोजिम आवेदन नआए ढिलोमा आगामी कात्तिक ३ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी नदीमा कुल १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अनुमानित लागत करिब १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार र प्रतिमेगावाट अनुमानित लागत १६ करोड ६४ लाख चार हजार १०१ हुने कम्पनीले सार्वजनिक गरेको विवरणपत्रमा उल्लेख गरिएको छ ।