सडकमै लेदो झरेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध

सडकमै लेदो झरेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लेदो सहितको पहिरो खसेपछि शनिबार बिहानैदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । शुक्रबार राती परेको पानीका कारण पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोट–घुर्मी खण्ड अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलन्जोर गाउँपालिका–६ स्थित अक्करेभिर र बलेनीमा पहिरोका कारण सडक अबरुद्ध भएको छ ।

लेदोको कारण ओखलढुङ्गाबाट काठमाण्डु हिँडेको ना ७ ख ७८९० नम्बरको ६ चक्के ट्रक बिच सडकमै फसेको छ । उक्त ट्रकमा ११ वटा भैंसी लोड गरिएको छ ।

पहिरोका कारण बिहानैदेखि दर्जनौं सवारी साधनहरू रोकिएका छन् । लेदोमा फसेको ट्रक र त्यसमा रहेका भैंसीहरुको उद्धार गर्ने प्रयास भई रहेको प्रहरीले जनाएको छ ।