सिल्लभर हेरिटेजका सिइओ माइक विरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी


काठमाडौं– नेपाली कामदारमाथि दुब्र्यवहार गरेको र राजस्व छलि गरेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ । विदेशी लगानी स्वीकृत सिल्लभर हेरिटेज लिमिटेडका सिइओ माइक बोलसोभरले नेपाली कामदारमाथी दुब्यवहार गरेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका हुन् ।

नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ तथा एस एच एल म्यानेजमेन्ट सर्मिसेस (केटिएम) प्रालिको आधिकारिक युनियनले शुक्रवार प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री कार्यालयमा उजुरी पत्र दर्ता गराएका छन् ।

माइकल बोलसोभरको गैरकानुनी हर्कत बन्द गर्न आह्वान गरिएको उक्त पत्रमा विदेशी लगानी स्वीकृत सिल्लभर हेरिटेज लिमीटेड प्रतिष्ठान पर्यटकीय प्रयोजनको लागि नेपालमा ल्याईएको भएपनि कम्पनीका सिइओ बोलसोभरले विदेशी नागरिकलाई श्रम स्विकृति बिना पर्यटक भिसामा काम लगाएको उल्लेख गरिएको छ ।

प्रधानमन्त्रीलाई बुझाएको पत्र

प्रधानमन्त्रीलाई बुझाएको पत्रमा भनिएको छ, ‘नेपाली कामदार हुँदाहुँदै विदेशी कामदारलाई पन्ध्रसय गुणासम्म सेवा सुविधा दिलाएर काम लगाएको अवस्था छ, नेपाली साझेदारको रायबिरुद्ध नेपालको भूमिमा विदेशी लगानीको नाममा जबर्जस्त कू–ब्यवस्था गरिएको छ, हालसालै तमाम ग्रैटिस र टुरिष्ट भिसाका कामदार रोक्न माग गरेपनि अध्यागमन, श्रम कार्याल र गृह मन्त्रालयले त्यसबारे कुनै कारबाही नगरेको हुनाले प्रधानमन्त्रीज्यु समक्ष ध्यानाकर्षण गराएका छौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement