चीनवाट खतरा रहेका एशियाली मुलुकहरुमा अमेरिकी सेना पठाउंछौं :अमेरिकी विदेशमन्त्री पोम्पिओ


एजेन्सी– अमेरिकाले जर्मनीबाट फिर्ता गर्न लागेको सेना एसियामा तैनाथ गर्ने तयारी गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ब्रसेल्स फोरममा बोल्दै चीनबाट भारत तथा दक्षिण पूर्वी एशियामा बढ्दो खतरालाई मध्यनजर गर्दै अमेरिकाले यूरोपबाट आफ्नो सेनाको संख्या कम गर्ने निर्णय गरेको बताए ।

भारत र चीनबीच सीमा विवाद बढिरहेको बेला अमेरिकी विदेशमन्त्रीको भनाईलाई अर्थपूर्ण रुपमा हेरिएको छ । जर्मनीमा हाल ५२ हजार अमेरिकी सेना तैनाथ रहेकोमा २५ हजार मात्र सेना राख्ने अमेरिकी तयारी छ ।

अमेरिकाको सेनाको संख्या घटाउने निर्णयको युरोपका कतिपय मुलुकहरुले विरोध जनाएका छन् । उनिहरुले युरोपलाई रसियाबाट खतरा रहेको भन्दै अमेरिकी निर्णय अनुपयुक्त भएको बताउंदै आएका छन् ।

अमेरिकाले तत्कालन ९ हजार ५ सेना एशियामा तैनाथ गर्ने तयारी गरेको छ । अमेरिकी विदेशमन्त्री पोम्पियोले भने ‘भारत,मलेशिया,इन्डोनेशिया तथा फिलिपीन्सजस्ता एशियाली देशहरुलाई चीनबाट बढ्दो खतरालाई मध्यनजर गर्दै अमेरिका दुनिया भरमा रहेका आफ्ना सेनाको तैनाथीको समीक्षा गरिहरहेको छ । आवश्यक पर्यो भने पीपुल्स लिबरेशन आर्मीको मुकाबिला गर्न सकोस । ’

पोम्पिओले अमेरिकाले पीएलएलको सामना गर्न सक्ने गरी आफ्नो सेना तैनाथ गर्ने बताए । ‘ यो हाम्रो समयको चुनौती हो । र हामी सुनिश्चित गर्छौ हामीसंग चीनसंग सामना गर्नको लागी सवै समाधान उचित ठाउंमा उपलब्ध हुन्छ । हाम्रो तयारी समेत पुरा छ । ’ पोम्पियोले भने ।

उनले सेनाको तैनाथी कुनै कुनै ठाउंमा कम हुने र ज्यादा खतरा जरुरी रहेको ठाउंमा बढ्ने जानकारी दिए । उनले साउथ चाइना सीमा चीनवाट खतरा बढेको दावी गरे । त्यसका लागी आफ्ना हितेषी मुलुकहरुबीच वार्ता होस भन्ने अमेरिकाको चाहना रहेको पोम्पियोको भनाई थियो । पोम्पिओले चीनबाट छिमेकी मुलुकहरुलाई खतरा रहेको यसमा अमेरिकाले नजर राखिरहेको बताए ।

उनले भारत चीन सीमामा भएको झड्प, चीनको साउथ चाइना सीमा भएको हस्तक्षेप र चीनको आर्थीक नीतिबारे खुलेर आफ्नो धारणा राखेका थिए ।  पोम्पिओले ट्रान्स अटलांटिक अलाइन्समा चीनको खतरालाई लिएर साझा समझदारी बनाउनेमा मद्दत मिल्ने बताए ।

चिनियां कम्युनिकेशन कम्पनी हुवावे चीनको गुप्तचर संस्थाको हिस्सा हो भन्ने प्रश्नमा पोम्पिओले भने ‘चीनका सुरक्षाकर्मी यो कम्पनीको मुख्यालयमा काम गर्छन् । चीनको कानूनअनुसार हुवावे कुनै डेटा मागियो भने दिन सक्छ । चिनियां कम्युनिष्ट पार्टीको निर्देशनअनुसार यो कम्पनी निजी डाटा पनि दिन्छ ।’

अमेरिकाले हिन्द महासागरस्थ्ति सैन्य अड्डा डियोगार्शियामा पहिलो पटक ९ हजार ५ सय सैनिक तैनाथ गर्ने तयारी गरेको स्रोत बताउंछ । यसका साथै ताइवानमा समेत सेना तैनाथ गर्न सक्ने विश्लेषण गरिएको छ । अमेरिकाको जापान,दक्षिण कोरिया, डियोगार्शिया र फिलीपीन्समा सेना तैनाथ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement