कास्की – बैकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ परेका एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ परेको १३ दिन पछि २ लाख धरौटीमा रिहा भएका छन् । गुरुङलाई १९ फागुनमा हाजिर हुने गरि उच्च अदालत पोखराले तारिखमा रिहा गरेको हो ।
पोखरा लेकसाईड स्थित ओम गौरा जोस्टल होटलका संचालक हरी भक्त आर्चायको उजुरीका कारण अध्यक्ष गुरुङलाई कास्की प्रहरीले १० माघमा पक्राउ गरेको थियो ।
त्यसअघि उनले पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालकलाई कुटेपनि गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेको कुटाइ खाएपछि सहानुभूति पाएका थिए । पछि उनै विरुद्ध जाहेरी पर्यो ।
प्रहरीले उच्च अदालत पोखराबाट पहिलो पटक सात र दोस्रो पटक चार दिन म्याद थपको अनुमति लिई गुरुङलाई हिरासतमै राखी घटनाबारे अनुसन्धान गरेको थियो ।
हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खेलाडी बसेको उक्त होटललाई तिरेको २ लाख १५ हजारको चेक बाउन्स भए पछि होटलले दिएको उजुरीका आधारमा अध्यक्ष मिलन पक्राउ परेका थिए ।




प्रतिक्रिया