नेपालीले उत्पादन गरेको दूध हुँदाहुँदै बाहिरबाट ल्याउन पाइँदैन : मन्त्री भुसाल

नेपालीले उत्पादन गरेको दूध हुँदाहुँदै बाहिरबाट ल्याउन पाइँदैन : मन्त्री भुसाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले नेपालमै उत्पादन गरेको दूध हुँदाहुँदै बाहिरबाट ल्याउन नदिने बताएका छन् ।

आज सोमबार विश्व खाद्य दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले आन्तरिक दूध उत्पादनमा प्रभाव पर्न नदिन सरकारले बाहिरबाट दूध आयात गर्न नदिने निर्णय गरेको जानकारी दिए ।

दूधको कारोबार गर्ने संस्थाहरूले किसानको १ महिनाभन्दा बढीको बक्यौता राख्न नमिल्ने र स्टकमा रहेका वस्तुहरू धितो राखेर सहुलियत ऋण उपलब्ध गराउन सक्ने गरी मन्त्रालयले पहल गरिरहेको मन्त्री भुसालले बताए ।

उनले भने, ‘हाम्रा किसानहरूले उत्पादन गरेको दूध हुँदाहुँदै बाहिरबाट दूध ल्याउन पाइँदैन, हुँदैन भनेर व्यवहारमा नै देखाइसकेको छु । यसले हाम्रा किसानहरूले गरेको उत्पादनमा प्रभाव पर्छ भनेर ल्याउन नदिइएको हो ।’

दूधको भुक्तानीका लागि आवश्यक व्यवस्था मिलाइएको उनले बताए । उनले भने, ‘दूधको भुक्तानीको कुरा आएको छ । त्यसका लागि २ प्रकारको निर्णय गरेका छौं । एउटा १ महिनाभन्दा बढी बाँकी नरहने गरी भुक्तानी गर्ने, यो सबै दूधको कारबाही गर्ने संस्थाहरूले किसानको १ महिनाभन्दा बढीको बाँकी राख्न मिल्दैन भनेर, दोस्रो भनेको उत्पादन जुन स्टकमा छ, त्यो वस्तुहरू धितो राखेर सहुलियत ऋण उपलब्ध गराउनका लागि हाम्रो मन्त्रालयको तर्फबाट पहल गर्ने निर्णय गरिएको छ ।’