काठमाण्डु – कोरोना संक्रमित नेपाली कांग्रेसका सांसद मीन विश्वकर्मा आईसियूमा उपचाररत छन् ।
निमोनिया देखिएपछि ग्राण्डी अस्पतालको आईसियूमा उपचारत विश्वकर्माको पछिल्लो स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरुले बताएका छन् । उनी विगत एक हप्तादेखि अस्पतालमा उपचाररत छन् ।
कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएका विश्वकर्मा होम औसोलेसनमा बसिरहेका थिए ।




प्रतिक्रिया