सह-महामन्त्रीमा मीन विश्वकर्माको उम्मेदवारी घोषणा


काठमाण्डु – नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सह-महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै नेता विश्वकर्माले पार्टीको १४औं महाधिवेशनमा दलित तर्फबाट सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिने जानकारी दिए । पदाधिकारी नहुँदा र निर्णय गर्न गाह्रो हुने भएकोले आफ्नो मुद्दाहरु उठाउन गाह्रो भएको सुनाउँदै यसपटक आफूले सह–महामन्त्रीमा उम्मेदवारी दिन लागेको उनको भनाई छ ।

त्यस्तै उनले समग्र देशको हितको लागि नेपाली कांगेसका सभापति देउवालाई जिताउनुपर्ने अहिलेको आवश्यकता रहेको पनि धारणा राखे ।

प्रतिक्रिया दिनुहोस
Advertisement