काठमाण्डु – संसद मीन विश्वकर्माको उपचारका लागि दिल्ली लैजान नेपाली कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।
कांग्रेस नेता एवं संगठन विभागका संयोजक गोपालमान श्रेष्ठले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरेर आफ्ना नेता विश्वकर्मालाई थप उपचारका लागि दिल्ली लैजान आग्रह गरेका हुन् ।
‘उहाँलाई शनिबारदेखि भेन्टिलेटरमा राखेर उपचार गराइराखिएको छ । स्वास्थ्यमन्त्रीलाई फोन गरेर दिल्ली लैजान आग्रह गरेका छौं’, उनले भने, ‘डाक्टरहरुले एयर एम्बुलेन्स मार्फत दिल्ली नयाँ दिल्ली लैजान सके उहाँको स्वास्थ्यमा सुधार हुन्छ प्रयत्न गर्नुुस् भनेको छ ।’
होम आइसोलेसनमा बसिरहेका विश्वकर्मालाई निमोनिया भएपछि ग्राण्डी अस्प्ताल भर्ना भएका थिए । पछिल्ले समय उनको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरुले बताएका छन् ।
उनले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीसँग कुरा गरेर दिल्ली लैजाने व्यवस्था मिलाउन आग्रह गरिएको जानकारी दिए ।




प्रतिक्रिया