ललितानिवासको जग्गा हिनामिना प्रकरणः भाटभटेनीका सञ्चालक मीनबहादुर पक्राउ

ललितानिवासको जग्गा हिनामिना प्रकरणः भाटभटेनीका सञ्चालक मीनबहादुर पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ललितानिवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । उनलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले नक्सालस्थित निवासबाटै पक्राउ गरेको हो।

प्रहरीले ललितानिवास प्रकरणमा मुछिएका अन्य व्यक्तिलाई पनि खोजिरहेको जनाएको छ । पक्राउ परेका गुरुङ प्रहरीको फरारको सूचीमा थिए । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा गुरुङको नाम मुछिएको थियो। गुरुङले उक्त जग्गामा लगानी गरेका थिए। सो जग्गा अहिले पनि उनले स्टोरका रूपमा प्रयोग गर्दै आएका छन्।

ललितानिवास प्रकरणमा मुछिएका गुरुङसँग २०७७ सालमा विशेष अदालतले दुई करोड रुपैयाँ धरौटी मागेको थियो । तर, गुरुङ मुद्दा दायर भएको एक वर्षपछि अदालतमा हाजिर भएका थिए ।