मेघालयको कोइलाखानी विस्फोटमा मृतक नेपालीको संख्या ४ पुग्यो

मेघालयको कोइलाखानी विस्फोटमा मृतक नेपालीको संख्या ४ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको मेघालय राज्यको पूर्वी जयन्तिया हिल्स जिल्लामा रहेको अवैध कोइलाखानीमा भएको विस्फोटमा मृत्यु हुने नेपालीको संख्या चार पुगेको छ।

सुरुमा खोटाङका तीन जना नेपाली युवाको मृत्यु भएको पुष्टि भएको थियो भने एक जना बेपत्ता रहेको खबर आएको थियो। पछि थप जानकारी अनुसार बेपत्ता रहेका नेपालीको पनि मृत्यु पुष्टि भएसँगै मृतकको संख्या चार पुगेको हो।

बेपत्ता भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राईको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको छ। शवको जीउडालका आधारमा पहिचान गरिएको ।

डाइनामाइट विस्फोटपछि उनी बेपत्ता भएका थिए। राई रोजगारीका लागि असोजमा मेघालय गएका थिए।

यसअघि सोही क्षेत्रमा भएको विस्फोटमा खोटाङकै बराहपोखरी गाउँपालिका–१, बराहपोखरी सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गीको मृत्यु भएको पुष्टि भएको थियो।

विस्फोटमा अन्य नेपाली गम्भीर घाइते भएका छन्। विष्फोटमा दर्जनौं कामदार कोइलाखानीमै फसेको अनुमान छ।