काठमाण्डु- नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले संविधान संशोधन हुनेमा आंशका व्यक्त गरेको छन् ।
पोखरामा जारी लिट्रेचर फेस्टिभलमा शनिबार ‘संविधान संशोधनको औचित्य’ शत्रमा संवाद गर्दै उनले संविधान कार्यान्वयनको अवधिमा देखिएका समस्या र कमीकमजोरीलाई सुधार गर्न संशोधन आवश्यक रहेको बताए । तर, अहिले कांग्रेस र एमालेले सरकार बनाउनक लागि मात्रै संविधान संशोधनको विषय उठाएका हुन् कि भन्ने आशंका सुरु भएको उनले टिप्पणी गरे । यस्तो प्रकारको टिप्पणीप्रति आफू सचेत रहेको पनि उनले बताए ।
‘संविधान संशोधनको औचित्य छैन भन्ने कुरासँग म सहमत छैन । तपाईँको टिप्पणीलाई मैले सहज रुपमा लिन्छु कि– सत्ता निर्माण गरेका पार्टीहरु नेपाली कांग्रेस र एमालेले सत्ता निर्माणका लागि मात्रै गरेको हो कि भन्ने आशंका बाहिर पनि व्यक्त हुन थालेको छ । यो आशंका प्रति म सचेत पनि छु’, उनले भने ।
कांग्रेस–एमालेको सरकार बन्नुभन्दा पहिला नै आफूले संविधान संशोधनको कुरा उठाएको पनि उनले दाबी गरे । अहिले सत्ता कसको जिम्मेवारी हो भने कुरा टुङ्गो लाग्न नसक्दा जनतामा निराशा बढ्दै गएको उनले बताए । भोलि आफू रहन्छु कि रहन्नँ भन्ने लागेर नेताहरुले पदमा रहँदा काम सुरु नै नभएका संरचनाहरुको पनि उद्घाटन गर्न थालेको बताए । अब जनताले खोजेअनुसारको सरकार बन्नुपर्ने उनको सुझाव छ ।




प्रतिक्रिया