कांग्रेस बैठक : दुई चरणमा महाधिवेशन गर्न मीनेन्द्रको प्रस्ताव

कांग्रेस बैठक : दुई चरणमा महाधिवेशन गर्न मीनेन्द्रको प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले महाधिवेशन दुई चरणमा गर्न प्रस्ताव गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी पार्टीको केन्द्रीय समिति बैठकमा डा. रिजालले पार्टी विधान संशोधन गरेर दुई चरणको महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

उनले पहिलो चरणमा महाधिवेशन प्रतिनिधिको मात्र निर्वाचन गर्ने र महाधिवेशनबाट सभापतिको निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

उनले भने ‘पहिलो चरणमा महाधिवेशन प्रतिनिधिको मात्र निर्वाचन गरौँ र महाधिवेशन प्रतिनिधिबाट सभापतिको निर्वाचन गरौँ, महाधिवेशन प्रतिनिधिको मात्रै आम निर्वाचन अगाडि निर्वाचन भयो भने तल–तलसम्म गुटबन्दी हुँदैन भन्ने लाग्छ मलाई ।

रिजालले सभापतिले कार्यकालको सुरुवात आम निर्वाचनपछि मात्रै गर्ने गरी विधान बनाउनुपर्ने बताए ।